श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुनको मूल्य बढ्योः चाँदीको कति पुग्यो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले बढेर ९४ हजार ४ सय पुगेको छ। पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम भएको छ। त्यसको मूल्य मङ्गलबार प्रतितोला ९३ हजार ५ सय तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३० सय कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया