श्रावण ६, २०८२ मंगलबार July 22, 2025

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः १५ माघ, २०७८ शनिबार । तद्नुसार जनवरी २९ तारिक २०२२ । माघकृष्णपक्ष द्धादशी, (शनिप्रदोषव्रत) परेको छ । मुल नक्षत्र,व्याघात योग, चन्द्रमा धनु राशिमा छ ।

आज बिहान सूर्योदय ६ः५४ र सूर्यास्त १७ः४१ मा हुनेछ । आज बिहान ९ः३५ देखि १०ः५६ सम्म राहुकाल छ । ११ः५६ देखि १२ः३९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । राहुकाल भएको समयमा शुभकार्य नगर्नुहोला । आजको देवता वायु र ग्रहदेव शुक्र छ ।

शनिबारका दिन विशेषगरी पिपलको वृक्षमा जल अभिषेक गर्ने प्रचलन रहेको छ । शनिवारको दिन छुट्टी भएकाले पनि घरगृहस्थका कार्य गर्दा शुभ मानिन्छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  व्यापारव्यवसायबाट अर्थ लाभ नहुनसक्छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ ।  छोटो दुरीको यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट आज तपाईंलाई फाइदा हुनसक्छ । शुभसमयमा  यात्रा शुरु गर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा सोचेअनुसार नहुनसक्छ । तपाईंको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन बिहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य सुरु गर्दा तपाईंलाई राम्रो हुनेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकका लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ । आर्थिक हानी हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिबार आफ्नो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । आजको दिन नयाँ काम सुरु गर्दा सफल हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । तपाईंलाई मानसम्मान मिल्नेछ । घर गृहस्थको काममा ध्यान दिनुहोला ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन ध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ । कुमारी कन्याको दर्शन गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन हुने तपाईंको यात्रा  कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला । आजको दिन घरभित्र बसेर गृहस्थ कार्य गर्नु बेस हुनेछ ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  यात्राको अवसर र नयाँ कामको संभावना बढ्ने छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गरी आज तपाईले गर्नु खोज्नुभएको काम सफलता मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन सरस्वतीको आरधनाले  तपाईंकाे मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईंलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई भोजन गराउनु होला । आफन्तको साथ सहयोग पाउनुहुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईंको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला । गृहस्थ कर्ममा ध्यान दिनु र गुरुजनको साथमा अध्ययन अध्यापनको चर्चा गनुैहोला ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार