श्रावण ७, २०८२ बुधबार July 23, 2025

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ ।

सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीहरुले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञापनपत्रपत्र बुझाएको छ ।

अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायहरुबाट विभिन्न शीर्षकमा शुल्क-जरिवाना असुल्ने कार्य भइरहेको बताउँदै औद्योगिक प्रयोजनले विराटनगर नाकामार्फत नेपाल भित्रिनुपर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडकखण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भीमनगर–भन्टाबारी नाकाका लागि री–रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य भएको बताए ।

यसका कारण नेपाली आयातकर्ताहरुलाई लागत खर्चमा वृद्धि भएको अवस्थामा नेपाली पक्षबाट समेत अतिरिक्त प्रकारको शुल्क असुली हुँदा स्वदेशी उद्योग-व्यवसायलाई थप व्ययभार परेको गुनासो सो सङ्घको रहेको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार