काठमाडौंः साताको दोस्रो दिन सोमबार आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा तोलामा ४०० रुपैयाँ कम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्य विवरण अनुसार तेजाबी सुनको सोमबारको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ छ । आइतबार तोलाको ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया