श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेप्सेमा दोहोरो अङ्कको गिरावटः लघुवित्त ३०.१७ अङ्कले ओरालो लाग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचकमा आइतबार देखिएको उच्च अङ्कको वृद्धि आज भने टिक्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३.४८ अङ्कले ओरालो लागेर दुई हजार ८७२.०५ अङ्कमा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापक सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले उकालो लागेर ५३८.९३ मा पुगेको छ । कूल २२५ कम्पनीको एक करोड १० लाख ५ हजार ६६९ कित्ता शेयर रु ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ बराबरको कारोबार भयो ।

कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार अन्य ३७.३४, लघुवित्त ३०.१७ अङ्कले ओरालो लागेको छ ।

यस्तै, बैंकिङ १९.५२, व्यापार १५.२७,होटल तथा पर्यटन २३.१२, विकास बैंक ११०.१५, जलविद्युत २३.०६,वित्त ४३.१७, निर्जीवन बीमा १७८.७६, उत्पादन ७१.३७, जीवन बीमा २२१.३२ र सामूहिक लगानी कोष ०.११ अङ्कले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ५८ अर्ब ७४ करोड १६ करोड २९ लाख ९६८ बराबर पुगेको छ । कारोबारका आधारमा एचआइडिसिएल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड १२ लाख ७८ हजार ६३९ बराबरको कारोबार भयो । यस्तै, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी रु ३१ करोड ८२ लाख ७८ हजार १९०, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड १८ लाख ८४ हजार ६४, अरुण भ्याली हाइड्रोपावर रु १८ करोड २६ लाख २६ हजार ७१३ र जीवन विकास लघुवित्त रु १७ करोड ७५ लाख ४६ हजार ३१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज विभिन्न तीन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यसमा फरवार्ड माइक्रोफाइनान्स, वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल लघुवित्तका शेयरधनीले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो ।

यस्तै, छ्याङ्दी हाइड्रोपावर ८.९७ र एचआइडिसिएलका लगानीकर्ताले ७.३७ प्रतिशतले कमाए । त्यस्तै, माउण्टेन हाइड्रो ३.४४, सिभिल लघुवित्त ३.४२, न्यादी हाइड्रोपावर ३.१७, पञ्चकन्या माई हाइड्रोपावर ३.०८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.०१ प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार