श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कोरोना कहरः सतीश्राप मुक्ति महायज्ञ स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बुधबारदेखि गर्ने भनी निश्चित गरिएको सतीश्राप मुक्ति महायज्ञ नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण हाललाई स्थगित गरिएको छ ।

माघ १९ गतेदेखि २९ गतेसम्म नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको पूजा कोठामा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न समितिको बैठकले पुस १२ गतेको बैठकले स्वीकृति दिएको थियो । कोरोना महामारी जारी रहेको र सरकारले २५ जनाभन्दा बढी मानिस उपस्थित हुन नपाउने आदेश जारी गरेका कारण महायज्ञ स्थगित गरिएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक डा सुरेशसुरस श्रेष्ठले आज सूचना जारी गर्दै महायज्ञ स्थगित गरिएको स्पष्ट पार्नुभएको छ । पूजा कोठा राजतन्त्र रहुञ्जेल तत्कालीन राजपरिवारको पूजा कोठामा रहेको थियो ।

“कोरोनाका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मानिसको भीडभाड हुने कार्यालय बन्द गर्ने गृहमन्त्रालय, जिल्ला प्रशासनको आदेशबमोजिम नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिअन्तर्गत रहेको पूजा घरमा माघ १९ गतेदेखि २९ गतेसम्म लगाउने भनिएको सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ तत्कालका लागि स्थगित गराउन हुन निर्णयानुसार अनुरोध छ”, सूचनामा भनिएको छ ।

यसअघि समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो । महायज्ञ सती श्राम मोक्ष धाम, मेचीनगर–१२ झापाले गर्न लागेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार