श्रावण ७, २०८२ बुधबार July 23, 2025

हिमपातले कृषि क्षेत्रलाई राहत, किसान उत्साहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको हो ।

हिमपातले अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर, माघ अन्तिममा परेको हिउँले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुसी भएका छन् ।

पातारासीका स्याउ किसान तारा बहादुर बोहराले हिमपातले कर्णालीको हिउँदे बालीलाई निकै फाइदा पुगाउने बताएका छन् । ‘स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ । बिरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ । यसले सिँचाई पहुँच नभएको ठाउँमा राहत पुग्छ,’ उनले भने ।

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ । विशेष गरी अहिलेको हिउँले स्याउ बगैँचा फाइदा पुग्ने भएकाले स्याउँमा आश्रित जुम्लाका झण्डै १७ हजार घरधुरी लाभान्वित हुने भएका छन् ।

कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी अहिले परेको हिउँलाई संकलन गरी हिउँपोखरी बनाएमा सिँचाइका लागि टेवा पुग्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार