श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेप्सेमा ४० अङ्कको गिरावट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४०.५७ अङ्कले ओरालो लागेर दुई हजार ८३६.१७ मा ओर्लेको हो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.७३ अङ्कले घटेर ५३१.९२ मा ओर्लेको छ । कूल २२८ कम्पनीको एक करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० मूल्यमा खरिद बिक्री भए । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब आठ अर्ब ५५ करोड ७२ लाख ९० हजारको हाराहारीमा छ ।

कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १९.०१, व्यापार ५०.४२, होटल तथा पर्यटन १८.६७, विकास बैंक ९९.९, जलविद्यसत् ३९.७१, वित्त ६०.५५, निर्जीवन बीमा १३१.४१, उत्पादन ५९.९४, अन्य ३८.३१, लघुवित्त ८२.२७, जीवन बीमा ५८०.५९, सामूहिक लगानी कोष ०.०६ र लगानी १.२७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५४ करोड ४९ लाख ९३ हजार २८३ बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु ४२ करोड ४७ लाख ८२ हजार ८७, अपि पावर कम्पनी रु २५ करोड ९५ लाख ७५ हजार २९, नेशनल हाइड्रोपावर रु २४ करोड ११ लाख एक हजार ७५६ र माथिल्लो तामाकोशी रु २२ करोड ३८ लाख ८२ हजार ८९६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स ८.०८, एनआरएन इन्फ्रास्टकचर ३.८०, शिखर इन्स्योरेन्स ३.१७, साहस ऊर्जा २.८६ र प्राइम बैंकको ऋणपत्रधनीले २ प्रतिशतले कमाए । त्यस्तै, विन नेपाल लघुवित्त १०, नेपाल लाइफ इन्स्योरेन्स ७.६१, बुद्ध भूमि नेपाल हाइड्रोपावर ६.४५, तेह्रथ्म पावर कम्पनी ४.४१ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ४.३९ प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार