श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अङ्कले बढेर ५३५.३२ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । कूल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर रु पाँच अर्ब दुई करोड २० लाख १७ हजार १८१ मूल्यमा खरिद बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३० अर्ब ७५ करोड ९६ लाख ६० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७ र लघुवित्त ४.३९ अङ्कले ओरालो लागेको छ । त्यस्तै, व्यापार ७.५१, विकास बैंक २६.१५, जलविद्युत् ६.९१, वित्त ८.९२, निर्जीवन बीमा ७६.५, उत्पादन ३४.८७, अन्य ५४.१२, जीवन बीमा १२४.९६, सामूिहक लगानी कोष ०.०५ र लगानी २.९२ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४९ करोड ३४ लाख ४९ हजार ८३९ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु २७ करोड ६६ लाख २५ हजार २९५, अरुण भ्याली हाइड्रोपावर रु २५ करोड १६ लाख ६४ हजार ७३२, नेपाल दूरसञ्चार कम्पनी रु २४ करोड ४८ लाख ५० हजार ८३१ र नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३० लाख १२ हजार ४०३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेपाल पूर्वाधार बैंक ८.४२, छ्याङदी हाइड्रोपावर ६.८३, सानिमा लाइफ इन्स्योरेन्स ५.०४, नेशनल हाइड्रोपावर ४.६६, र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ४.६१ प्रतिशतले कमाएका छन् ।

उता, बुद्ध भूमि नेपाल हाइड्रोपावर ४.५७, सपोर्ट माइक्रोफाइनान्स ३.७१, साहस ऊर्जा २.६४, विन नेपाल लघुवित्त २.४६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार