श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपाल वायुसेवा निगमको परीक्षण उडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ ।

निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यका साथ परीक्षण उडान गरिएको हो । फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान सफल पनि भएको छ । काठमाडौंदेखि इलामका लागि भएकोे पहिलो उडान सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर विनायक भट्टराईले बताउनुभयो ।

विमानस्थलको धावनमार्ग कालोपत्र भएपछि परीक्षण उडान गरिएको हो । यसअघि धावनमार्ग पक्की नभइ तारा एयरले २०७५ सालमा परीक्षण उडान गरेको थियो । अब आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान सुरु हुने बताइएको छ ।

प्राधिकरणका इञ्जिनीयर भट्टराईले मौसमले राम्रो साथ दिएको पनि बताउनुभयो । उहाँका अनुसार सुकिलुम्बा विमानस्थलको धावन मार्ग पक्की भएपछि आज परीक्षण उडान गरिएको हो । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल काठमाडाँैबाट सुकिलुम्बा विमानस्थलमा जहाजलाई अवतरण गर्न करिब ५५ मिनेट समय लागेको उहाँको भनाइ छ ।

निगमको तर्फबाट क्याप्टेन पेम्बा शेर्पा र रक्सित मल्लललगायतको प्राविधिक टोलीले यस विमानस्थलमा सफल उडान गराउनु भएको बताइएको छ । ७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहित विमानस्थलको शिलान्यास २०६८ सालमा भएको थियो ।

समुद्र सतहबाट एक हजार १५० मिटर उचाइमा रहेको यो विमानस्थलमा प्रायः घाम लागिरहने भएकाले जहाज उडानका लागि उपयुक्त भएको बताइएको छ । यो विमानस्थलबाट जहाज उडान सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किमलगायतका बासिन्दाका लागि सहज हुने विश्वास लिइएको छ । तारा एयरले आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने सम्बन्धमा इलाम नगरपालिकासँग सम्झौतासमेत गरिसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार