असार २२, २०८२ आइतबार July 6, 2025

एमसीसी चीनविरुद्ध रहेको प्रष्ट भएको चित्रबहादुर केसीको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले अमेरिकाको धम्कीले एमसीसी चीनविरुद्ध रहेको पुष्टि भएको बताएका छन्। आज विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।

केसीले भनेका छन्, ‘अमेरिकाको उक्त धम्कीबाट एमसिसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने कुरा थप पुष्टि भएको छ। त्यसका साथै अमेरिकाले नेपालमाथि लाद्न खोजेको एमसिसी परियोजना चीनका विरुद्ध रहेको पनि यो धम्कीबाट झन् प्रष्ट भएको छ ।’

कुनै पनि मुलुकले दिने सहायता, सहयोग वा अनुदान लिन वा नलिन नेपाल स्वतन्त्र रहेको भन्दै केसीले मुलुकको अहित हुने विकास परियोजनालाई अस्वीकार गर्दा कुनै पनि मुलुकले बाध्य पार्न वा धम्क्याउन नमिल्ने बताएका छन्। एमसीसी पारित नगरे नेपाल नीतिमा पुनर्विचार गर्ने भनी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका नेताहरुलाई धम्की दिएका थिए ।

अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका नेताहरुलाई टेलिफोन गरेर धम्की दिनु कुटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।

गत बिहीबार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाव दिएका थिए। उनले एमसीसी पारित नभए चीनका कारण पारित नभएको ठान्ने पनि बताएका थिए ।

केसीले नेपाल अमेरिकाको पक्ष लिएर चीनका विरुद्द वा चीनको पक्ष लिएर अमेरिकाको धुरीमा संलग्न हुने मुलुक नभएको पनि बताएका छन्। एमसीसी सम्झौता पारित गराउन अमेरिकाले दबाव बढाएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले अमेरिकाको धम्कीविरुद्ध देशभक्तहरुले विरोध गर्नुपर्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार