श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७८ स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले धितोपत्र दर्ता तथा निष्कासन (पाँचौँ संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ । हालै बसेको मन्त्रीपरिषद् बैठकले उक्त नियमावली संशोधन गर्ने निर्णय गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

यसअघि भने धितोपत्र बोर्ड ऐन बाहेकका सबै कानुन सम्बन्धित विषयको संशोधन अर्थ मन्त्रालयले गर्ने गरेको थियो । अर्थ मन्त्रालयका सचिव वा मन्त्री स्तरीय निर्णयबाट कानुन संशोधन हुने गरेका थिए ।

पछिल्लो पटक नेपाल सरकारले गर्नुपर्ने निर्णय सचिव वा मन्त्र स्तरीय निर्णय मान्य नहुने भन्ने व्याख्या सर्वोच्च अदालतले गरेपछि धितोपत्र बोर्डका कानुन पनि सरकारले नै संशोधन गर्न थालेको हो ।

उक्त नियमावलीमा वातावरणीय प्रभावको विषय थप गरिएको छ । सूचिकृत वा दर्ता भएका कम्पनीले यस अघि वातावरणीय प्रभावको विषय खुलाउनु पर्दैन थियो ।

तर, अव धितोपत्र निष्कासन गर्ने कम्पनी अथवा यस अघि दर्ता भएका कम्पनीले उक्त वातावरणीय प्रभावको विषय अनिवार्य खुलाउनु पर्ने विषय संशोधनमा थप गरिएको धितोपत्र बोर्डका सहायक प्रवक्ता रुपेश केसीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
२०८२ श्रावण ९, शुक्रबार
डलरदेखि दिनारसम्म : राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्रा विनिमय दर
२०८२ श्रावण ९, शुक्रबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२०८२ श्रावण ९, शुक्रबार
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार