श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार छलफलका सहभागी वक्ताहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवद्र्धनका अन्य क्षेत्रमा लगाउन स्थानीय तहलाई आग्रहसमेत गर्नुभयो ।

निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र स्थानीय तहमा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माण गर्न सकिने उहाँहरुको भनाइ थियो । उहाँहरूले नेपालमा पर्यटन विषय अध्यापन गराउन दर्जनौँ शिक्षण संस्था सञ्चालनमा रहे पनि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको, त्रिवि र अन्य शिक्षण संस्थाले दिने प्रमाणपत्र र बजारको मागका बीचमा ठूलो खाडल रहेको पनि औँल्याउनुभयो ।

पर्यटन क्षेत्रमा नयाँ–नयाँ सीपयुक्त जनशक्ति आवश्यक पर्नेमा त्यसअनुसारका जनशक्ति उत्पादन हुन नसकेको र यस सम्बन्धमा शिक्षण संस्था र पर्यटन व्यवसायीबीच छलफलसमेत हुन नसकेको भनाइ उहाँहरूको थियो ।

वेबिनारमा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा नयाँ–नयाँ अवधारणा आइरहे पनि त्यसअनुसारको नीति र कोभिड पछाडि पर्यटन क्षेत्रलाई अगाडि बढाउने नयाँ रणनीतिका बारेमा समेत छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “महामारीले पर्यटन क्षेत्रलाई पारेको असरलाई माथि उठाउन सबैको ध्यान जानुपर्छ । सरकारले विशेषरूपमा निजी क्षेत्रलाई सहुलियत प्रदान गरी थप लगानीमैत्री वातावरण तयार गर्दै जानुपर्छ ।”

पर्यटन मन्त्रालयका पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले सरकारले कोभिडका कारण रुग्ण बनेका पर्यटन क्षेत्रका उद्योगका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले यसलाई माथि उठान विशेष नीतिका साथ कार्यक्रम ल्याउन जरुरी छ ।”

प्रा डा रिदिश पोखरेलले वैदशिक मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने सम्बन्धमा राज्यले पर्याप्त लगानी नगरेको बताउनुभयो । कार्यक्रममा एशोसिएशनका अध्यक्ष प्रा डा सुनीति श्रेष्ठ, उपाध्यक्ष सुदर्शनराज तिवारीलगायत अन्य वक्ताले कोभिडका कारण अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्या घटेका बेलामा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सुझाव दिनुभएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डलरदेखि दिनारसम्म : राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्रा विनिमय दर
२०८२ श्रावण ९, शुक्रबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२०८२ श्रावण ९, शुक्रबार
सिरिज गुमाए पनि अन्तिम खेलमा पाकिस्तानको धमाकेदार जित
२०८२ श्रावण ९, शुक्रबार
आजको मौसम : देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार