असार २२, २०८२ आइतबार July 6, 2025

प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पक्षमा उभियो जनमोर्चा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद्मा दर्ता गरिएको महाभियोग प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएको छ ।

जनमोर्चा उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू महाभियोगको पक्षमा रहेको जनाएकी छन् । ‘संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसद्मा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु,’  उपाध्यक्ष पौडेलले विज्ञप्ति जारी गर्दै भनेकी छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतबार संसद्मा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि जनमोर्चाकी उपाध्यक्षको उक्त अभिव्यक्ति आएको हो । प्रतिनिधि सभामा जनमोर्चाका एक सांसद छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार