असार २२, २०८२ आइतबार July 6, 2025

अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन सकिँदैन: अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताउनुभएको छ ।

महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरू असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशङ्का कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन नहुने बताउनुभयो ।

जनताको हित र समाज कल्याणका लागि आफ्नो पार्टी क्रियाशील रहेकाले मुलुकको राजनीतिमा पार्टीले विशिष्ट भूमिका निर्वाह गरी समाजवादको यात्रामा निरन्तर अगाडि बढेको उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले आफूहरूले निर्माण गरेको पार्टी दक्षिणपन्थी अवसरवादको दलदलमा जकडिएपछि सुध्रने लक्षण नदेखेर कम्युनिस्ट आन्दोलनको निरन्तरता स्वरूप विद्रोह गर्नुपरेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले तरङ्ग पैदा गरेको उल्लेख गर्नुभयो ।

वर्तमान गठबन्धन तीन तहको निर्वाचनमा मिलेर जान पटक पटक छलफल भएको भन्दै नेता नेपालले प्रतिगामीहरूको विरुद्धमा मोर्चाबन्दी हुने र त्यस्तो मोर्चा केही दिन अगाडि भएको राष्ट्रियसभा निर्वाचनले लक्षित गरिसकेकाले सम्पूर्ण नेता कार्यकर्तालाई उत्साहका साथ आ-आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार