असार २२, २०८२ आइतबार July 6, 2025

स्थानीय निर्वाचनमा दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न दिनुपर्ने राजमोको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय जनमोर्चाले स्थानीय निर्वाचनमा पार्टीको निर्वाचन चिन्ह प्रयोग गर्न नदिने षडयन्त्रको विरोध गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा राजमो नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी आयोगको सो निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

सोमबार निर्वाचन आयोग पुगेको राजमो प्रतिनिधिमण्डलले  स्थानीय निर्वाचनमा दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न दिनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलको चुनाव चिन्ह खोस्न नमिल्ने राजमोले जनाएको छ ।

आयोगले आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त दलबाहेकका दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न नदिने बताएको छ । आयोगको सो हर्कतलाई राजमोले केही दलको ‘दलीय सिण्डिकेट’ भन्दै विरोध गरेको छ ।

‘पश्चिमाहरुको षडयन्त्रमा नेपालमा दुईदलीय व्यवस्था लाद्न खोजिएको छ । स्थानीय निर्वाचनमा पार्टीलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिनु भनेको दलीय सिण्डिकेट हो’ महासचिव मनोज भट्टले युगदर्शनसँग भन्नुभयो, ‘यो षडयन्त्रको विरोध गर्न हामी निर्वाचन आयोग गएका हौँ ।’

सो प्रतिनिधिमण्डलमा राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्षद्वय जनकराज शर्मा र दुर्गा पौडेल, महासचिव भट्ट, सचिव हिमलाल पुरी, राष्ट्रिय सभा सदस्य राजेश विक र अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका सहभागी हुनुहुन्छ ।

राष्ट्रिय मान्यताप्राप्त दलबाहेकलाई स्थानीय निर्वाचनमा सम्बन्धित दलको चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णयको चौतर्फी विरोध भएको छ । राष्ट्रिय मान्यता प्राप्त दल हुन प्रतिनिधि सभामा प्रत्यक्षततर्फ कम्तिमा एक सिट र समानुपातिकमा तीन प्रतिशत मत ल्याएको हुनुपर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार