असार २२, २०८२ आइतबार July 6, 2025

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा प्रेमध्वज र वंशलालको प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा डा.प्रेमध्वज लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने सम्भावना बढेकाे छ ।

 १४ औं जिल्ला अधिवेशनबाट सभापतिका लागि धेरैले आकांक्षा देखाए पनि अन्तत: सभापति शेरबहादुर देउवा पक्षधर लामा र  शेखर कोइराला पक्षधर तामाङबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।

२०४६ मा कांग्रेस जिल्ला सदस्य हुँदै गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङको पार्टी संगठन विस्तारमा लाग्ने नेता हुन् ।

काठमाडौंमा बसेर अधिकांश समय प्राध्यापनमा बिताएका लामाले त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएर सभापतिमा भिड्दै छन् ।
लामा सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिसमेत भएका थिए  । लामा सभापति देउवा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट हुन् ।

अन्तिम समयमा तामाङलाई समर्थन गरेर अगाडि बढ्ने रणनीतिमा कोइराला पक्षका नेता छन् । देउवा पक्षमा भने बस्नेतले छानेका व्यक्ति सभापतिको उम्मेदवार हुने निश्चित छ ।

कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन १३ फागुनमा हुँदैछ । समायोजन, क्रियाशील विवाद र विभिन्न आन्तरिक द्वन्द्वले पटक-पटक स्थगित भएको अधिवेशन फागुनमा हुन लागेकाे हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार