काठमाण्डौंः छथर गाउँपालिका नेपाली कांग्रेस कार्यसमितिले जागरण अभियान सुरु गरेको छ । आइतबारबाट गाउँपालिकाको वडा नं ६ सुदापदेखी अभियान सुरु गरेको गाउँपालिका कार्यसमितिका सभापति रामचन्द्र भट्टराईले बताए ।
गाउँपालिकाको सबै वडामा अभियान सञ्चालन गर्ने तयारी भएको नेपाली कांग्रेस छथरले जनाएको छ ।
अभियानमा स्थानीय सरकारले गरेका गतिविधि नागरिकसम्म पुर्याउने, स्थानीय सरकारले गरेको अन्याय,अत्याचार, भ्रष्टाचारबारे नागरिकलाई जानकारी गराउने, पार्टीका नेता तथा कार्यकर्ताबीच भेटघाट छलफल, पार्टीको अवधारणा नागरिकसमक्ष प्रस्तुत गर्नेलगायतका कार्यक्रम रहेको सभापति भट्टराईले जानकारी दिए ।
अभियान आगामी १३ फागुनमा सम्पन्न हुने भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया