श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ ।

मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जात जातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका अवसरमा आइतबार तीनवटै संस्थाको आयोजनामा ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा चार कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालमा एक हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको थियो । ती भाषाको संरक्षणमा काम गर्नुपर्नेमा पनि जोड दिइएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार