श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

गत आर्थिक वर्षको भन्दा ३३ अर्ब बढी राजश्व संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातमा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व संकलनमा देखिएको छ ।

कोरोना संक्रमण दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा देखिएको हो ।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा संकलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैया राजश्व संकलन भएको तुलनामा चालु आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैया राजश्व संकलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । योग गत आवको संकलित राजश्वक भन्दा ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

चालु आवको साउनदेखि माघ महिनासम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैया राजश्व संकलनको लक्ष दिएको तुलनामा कार्यालयले लक्ष्य भन्दा ४.३ प्रतिशत बढी अर्थात ५ अर्ब १ करोड ७८ लाख रुपैया बढी संकलन गर्न सफल भएको वीरगन्ज भन्सार कार्यालयका सुचना अथिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले वीरगन्ज भन्सारलाई सबै भन्दाबढी राजश्व दिने सवारी साधन, इन्धन तथा औद्योगिक कच्च पर्दाथको आयात बढपछि यसको सकारात्मक प्रभाव राजशव संकलनमा देखिएको बताउनुभयो।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधनको आयातबाट संकलित राजश्वमा २३.२१ प्रतिशत र इन्धनको आयातमा ३७.९१ प्रतिशत बढी राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार