असार २२, २०८२ आइतबार July 6, 2025

कांग्रेस कैलालीको नेतृत्वका लागि दोश्रो चरणमा निर्वाचन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कैलालीमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोश्रो चरणमा निर्वाचन हुने भएको छ ।

आइतबार भएको पहिलो चरणको निर्वाचनको मत गणना सकिंदा सभापतिमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि फागुन १८ गते दोश्रो चरणको निर्वाचन हुने भएको हो ।

कांग्रेसको विधान अनुसार तीन भन्दा बढी उम्मेदवार हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । कांग्रेस कैलालीको निर्वाचनका लागि सभापतिमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल उम्मेदवारी दिएका थिए ।

सोमबार सम्पन्न पहिलो चरणको मतगणना अनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी १ हजार १६९ मत पाएका छन्, भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन् । दोश्रो चरणमा पहिलो बढी मत ल्याउने बम र दोस्रो बढी मत ल्याउने भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ ।

दोश्रो चरणको निर्वाचन फागुन १८ गते बुधबार हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए । आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले मत खसालेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया