असार २२, २०८२ आइतबार July 6, 2025

राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख, मधेशमा रामनरेश यादव र गण्डकीमा राजेन्द्र अधिकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ ।

पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताइएको छ ।

सो पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्व प्रहरी परिषद गठन गरिसकेको छ भने युवक संगठनको २१ फागुन, महिला संगठनको २४ फागुन र युवा मोर्चाको २८ फागुन घोषणासभामार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार