असार २२, २०८२ आइतबार July 6, 2025

माओवादी बैठकमा एमसीसीको विषय प्रवेश, अल्पमतलाई स्थान दिने प्रचण्ड स्पष्टोक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनसँगै हुन सक्ने बताएकी छन् ।

आफ्नो पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आगामी चुनावसम्म यहि गठबन्धन कायम रहने र ठोस निर्णय भने हुन बाँकी रहेको बताइन् ।

पार्टीभित्रका फरक मत र विचारलाई छलफलमार्फत टुंग्याउने उनको विश्वास छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विषयलाई लिएर पार्टीभित्र उत्पन्न भएको फरक मत र विचारलाई केन्द्रीय समिति बैठकमा छलफल गरेर निकास निकाल्ने घर्तीको भनाइ छ ।

एमसीसी व्याख्यात्मक घोषणासहित  प्रतिनिधिसभाबाट अनुमोदन भएको विषय पनि बैठकको एजेन्डाको रुपमा प्रस्तुत भएको उनले जानकारी दिइन् ।

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुने बताएको घर्तीले जानकारी दिइन् । असन्तुष्ट समूहले खुला रूपमा विचार राख्न पनि प्रचण्डले आग्रह गरेको उनले जानकारी दिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार