असार २२, २०८२ आइतबार July 6, 2025

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे बस्दैछ ।

फागुन २० गते शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक हिजो शनिबार थप गृहकार्य गरेर आज पुन बस्न लागेको हो । यसअघिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो । संसदबाट अनुमोदन भइसकेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाबारे छलफल गरिएको थियो ।

बैठकमा नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायतका नेताहरुले एमसीसीमा फरक मत राख्नुभएको थियो ।

‘एमसीसीमा छलफल अस्ति सकियो । आज संगठनको विषयमा छलफल हुन्छ, कार्यसमितिलाई पूर्णता दिइने, स्थनीय तहकाे चुनावलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालको भनाइ छ ।

आज बिहान ११ बजे तय भएको बैठक पार्टीमा थप आन्तरिक छलफल गर्नुपर्ने भएकाले बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्डमा बस्नेगरी केही समय पछि सारिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया