असार २२, २०८२ आइतबार July 6, 2025

निर्वाचनअघि माओवादी केन्द्रले पदाधिकारी, स्थायी र पोलिट्ब्युरो नबनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको छ । चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन गर्न नसकिने नेता वर्षमान पुनले जानकारी दिए ।

काठमाडौंकाे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘समयको अभावका कारण हामी अहिले चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो बनाउँदैनौँ ।’

तर, अध्यक्षलाई निर्णय गर्न सहयोगीका रूपमा सानो आकारको केन्द्रीय कार्यालय बनाउने उनको भनाइ छ । पार्टीका संरचनामा पदाधिकारी नहुँदा चुनावलाई प्रभाव नपर्ने बताएका उनले विचार र नीतिले निर्वाचनमा अर्थ राख्ने बताए ।

यसैबीच, अमेरिकी सहयाेग परियाेजना एमसीसीविरुद्ध पार्टीका प्रमुख सचेतक देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएको विषयमा सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् । यसलाई छलफलमा लगेर एमसीसीबारे समान धारणा बनाउने उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार