असार २२, २०८२ आइतबार July 6, 2025

महिलाको हकहित र अधिकारको रक्षाका लागि राप्रपा नेपाल प्रतिबद्ध : कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

राप्रमसं नेपालद्वारा आयोजित अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडामा एकजना महिला सदस्य अनिवार्य गराएको स्मरण गर्दै अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको बताए ।

राप्रमसं नेपालका नवघोषित अध्यक्ष सुनिता कुरुम्वाङलाई बधाई दिँदै अध्यक्ष थापाले सनातन धर्म र संस्कृतिको रक्षा गरेर नै देश विकास सम्भव छ भनेर जनतामाझ आएको पार्टी राप्रपा नेपाललाई सहयोग गर्ने सन्देश लिएर आम जनताको घरघरमा राप्रमसं नेपाल पुग्ने आशा र विश्वास व्यक्त गर्दै संगठनलाई वडा तहसम्म पुर्‍याउन नवगठित केन्द्रीय कार्य समितिलाई उनले निर्देशन दिए ।

धर्मप्रतिको आस्था र विश्वास घट्दै गएका कारण महिला हिंसा, बलात्कार जस्ता अमानवीय कृयाकलापले प्रश्रय पाएको भन्दै अध्यक्ष थापाले यसलाई सच्याएर मुलुकलाई वैदिक सनातन मूल्य र मान्यताको आधारमा हिँडाउन नेपाललाई सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र कायम गराउनुपर्छ भन्ने राप्रपा नेपालको प्रमुख मान्यता रहेको स्पष्ट पारे ।

राप्रपा नेपालका विभिन्न भातृ संगठनहरु घोषणा गर्ने क्रम चलिरहँदा आज सुनिता कुरुम्वाङको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको १०१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा भएको हो । नवगठित समितिको उपाध्यक्षमा शैलजा पाण्डे, उर्मिला अधिकारी, विणा शाक्य, धेचिन गुरुङ, विना राणा, मनमिरा श्रेष्ठ, प्रभा के.सी. र अम्बिका खतिवडा, महासचिवमा सुशिला गिरी, प्रवक्तामा सस्मिता सुवेदी, सचिवमा सरला वि.क., करुणा शाही, सकुन्तला माझी तथा सहायक कोषाध्यक्षमा उर्मिला राउत विष्ट रहेका छन् ।

कार्यक्रमा राप्रपा नेपालका उपाध्यक्षद्वय जय कमार खड्का, उद्वव पौडेल, सह महामन्त्री ममता राई, केन्द्रीय सदस्य मिरा महर्जन, राप्रविसं नेपालका अध्यक्ष कमल वम रजवार, राप्रयुसंका प्रवक्ता लक्ष्मण कँडेल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार