असार २२, २०८२ आइतबार July 6, 2025

अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीको दुई दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो बैठक सकिएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्ज सञ्चालन निर्देशिकामा छलफल गर्न केन्द्रीय कमिटिका सदस्यहरूलाई नौ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहद्वारा निर्धारित समयभित्र उपयुक्त सबै विषयमा छलफल गरी एक जना प्रस्तोतामार्फत समूह छलफलका निष्र्कष पूर्ण बैठकमा पेस गरिएका थियो ।

बैठकबाट मोर्चा संगठन र सम्पर्क मञ्च सञ्चालन निर्देशिकासमेत पारित भएको छ । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरिएको पार्टी महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

समुह छलफलका निष्कर्ष प्रस्तुत गर्नेहरूमा गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदर पश्चिम प्रदेशबाट शेरबहादुर कुँवर, मधेश प्रदेशबाट सत्यनारायण यादव, १ नम्बर प्रदेशबाट धर्मराज पौडेल, बागमती प्रदेशबाट विदुर सापकोटा, कर्णाली प्रदेशबाट अमर थापा, लुम्बिनी प्रदेशबाट राज गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोचा तथा विभागबाट प्रमेश पोखरेल थिए ।

समुह छलफलका निष्कर्ष प्रस्तत भैसकेपछि अध्यक्ष नेपालले छलफलमा उठेका विषय प्रष्ट पारेका थिए । पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्य योजना लगायतका विषय समेटिएको छ ।

बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठक पश्चात् स्थायी कमिटी र केन्द्रीय सचिवालयबाट गरिएका राजनीतिक एवं साङ्गठनिक निर्णयहरू अनुमोदन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार