असार २२, २०८२ आइतबार July 6, 2025

दुई तिहाइको सरकारले अवसर सदुपयोग नगर्दा सबैले दुःख पाए : कांग्रेस नेता सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउन शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन् । राजनीतिक पार्टीहरूले सबै विकासका गतिविधिलाई ‘ओभर पोलिटिसाइज’ नगरी प्रजातान्त्रिक विधिसम्वत  तरीकाले कार्य गर्नु पर्ने बताएका छन् ।

काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई धुलिखेलमा शनिवार सम्बोधन गर्दै  सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषणबाजी मात्र नभई शिक्षा, उद्योग जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गरेर देखाउनु पर्ने उनले बताएका छन् । उनले अबको दिन भनेको आइटी र फाइनान्सको रहेको बताउँदै शिक्षा क्षेत्रले यसमा ध्यान दिए मात्र देश विकासमा टेवा पुग्ने  बताए ।

एक फरक प्रसंगमा उनले संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुनः दुई तिहाई मत दिएर नेतृत्व सुम्पिदा देशमा संघीयता संस्थागत हुन नसकेको बताए । संविधान जारी भएपछि बनेको दुई तिहाइको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुःख झेल्न बाध्य भएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार