श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्थानीय तहको उम्मेदवार बन्न जसपाले मापदण्ड तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । जसपाले निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड’ बारे छलफल थालेको छ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको जसपा केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा उम्मेदवारको मापदण्ड’बारे छलफल सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका मस्यौदा पेस भएको छ । सो मस्यौदामा छलफल गर्दै जसपाले उम्मेदवारको मापदण्ड निर्धारण गर्ने कार्यदलका सदस्य मनीष सुमनले बताए ।

मस्यौदा समितिमा सुमनका साथै नवराज सुवेदी र हिसिला यमी रहेकी छन् । तीन सदस्यीय सो कार्यदलले तयार गरेको प्रस्ताव’बारे छलफल भएको हो ।

कार्यदलले निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्न पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध भएको हुनपर्ने, सक्रिय, लोकप्रियता, दक्षता र निरन्तर उम्मेदवारी चयनको मूल मापदण्ड हुनेछ । यस्तै गाउँ, नगर र वडाको वस्तुस्थितिको पूरा अध्ययन र विश्लेषणद्वारा उम्मेदवारको निक्र्योल हुने निर्देशिकामा उल्लेख गरिएको छ ।

पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकतालाई आत्मसात् गर्ने, पार्टी समितिमा संगठित वा सक्रिय भएको, सामाजिक काममा समर्पित भएको, स्वच्छ सामाजिक छवि भएको, विजयी हासिल गर्न सक्ने, भूगोल बुझेको, सुशासन प्रत्याभूति गर्न सक्नेलगायतका मापदण्ड’बारे जसपा बैठकमा छलफल भइरहेको छ ।

उम्मेदवारको चयन स्थानीय तहबाट नै चयन गर्ने, पालिका तहबाट तीन जनाको नाममा छलफल गरी त्यसमध्ये एक जना उम्मेदवार चयन गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

पालिका तहमा सहमति नभए सोभन्दा एक तह माथिल्लो निकायमा पठाइने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिका केन्द्रीय समितिले पारित गरिसकेको छ । पालिकामै सहमति नभएको अवस्थामा माथिलो कमिटीले वस्तुस्थिति बुझेर निर्णय गर्नेछ ।

जसपाको कार्यकारिणी समितिले यसअघि नै आगामी १ र २ असारमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । विधान महाधिवेशनबाट पार्टीको विधान, संगठनलगायतका विषयमा निर्णय हुनेछ ।-राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार