श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा स्थानीयको अवरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सिमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन्। विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेको बेला स्थानीयले अवरोध गरेका हुन्।

पटक, पटक काठमाडौं महानगरपालिका र सरकारले सहमति गरेर पनि जायज माग पूरा नगरेको भन्दै स्थानीयले निर्माण कार्य ने प्रभावित पारेका छन। एक साताअघिबाट काम रोकिँदा समयमै ल्यान्डफिल साइट बन्नेमा आशंका थपिएको छ। स्थानीयले ओखरपौवाको सिसडोलकोजस्तै अवस्था बन्नबाट रोक्न र बन्चरेडाँडामा व्यवस्थित रूपमा फोहोर फ्याँक्ने ग्यारेन्टी गर्नुपर्ने माग अघि सारेका छन्।

स्थानीयको अवरोधका कारण बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल टु र इयाम निर्माणको काम ठप्प भएको छ। निर्माण व्यवसायी खुल्ने आशामा बसेका छन् भने स्थानीयले काम ठप्प पारेर मन्त्रिपरिषद्ले गरेको निर्णयको पूर्ण पाठको प्रतिक्षामा बसेका छन्। गत साता मन्त्रिपरिषद्को बैठकले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षमा सम्बन्धित मन्त्रालयका सचिवहरू रहने उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो। समिति गठन भए पनि काम अघि बढ्न सकेको छैन। समितिलाई आफूहरूले उठाएको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले स्थानीयले निर्माणको काममै अवरोध सिर्जना गरेका हुन्। – नेपाल समाचार पत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार