श्रावण ६, २०८२ मंगलबार July 22, 2025

किन आउँदै छन् चिनियाँ विदेशमन्त्री नेपालमा ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए ।

विदेशमन्त्री वाङको भ्रमणको विषयमा परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँग सम्भावित एजेन्डाको विषयमा गृहकार्य गरिरहेको एक सरकारी अधिकारीले बताए । नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

१३ साउनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाउन हुनेछन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार यसअघि नै चीनका विदेशमन्त्रीले गत अक्टोबरमा परराष्ट्रमन्त्री नारायण खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएको थियो । तर, सो समयमा नेपालबाट चीनका लागि कुनै पनि उडान नभएकाले खड्का बेइजिङ जान सकेका थिएनन् ।

पछिल्लो समय अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुदानको विषयमा बेइजिङले अमेरिकाको खुलेर आलोचना मात्रै गरेन कडा आपत्ति पनि जनाइरहेका बेला उत्तरी छिमेकी मुलुक चीनले पठाउन लागेको प्रतिनिधिमण्डल पठाउन खोज्नुलाई निकै चासोका साथ हेरिएको छ । हाल दक्षिण एसियामा चीनको उच्चस्तरीय भ्रमण भइरहेका बेला योपटक योजनाअनुसार नै चीनको उच्चस्तरीय भ्रमण हुन लागेको एक अधिकारीले जानकारी दिए ।

सरकारी अधिकारीका अनुसार पछिल्लो समय चीनले अमेरिकी सम्झौता पास भएपछि चासो देखाइरहेका छन् । ‘बेइजिङले अमेरिकी अनुदानको कार्यान्वयनले आफ्नो सुरक्षा र रणनीतिक सरोकारलाई असर गर्न सक्छ कि भनेर चासो राखेको हुन सक्छ, परराष्ट्रका १ अधिकारीले भने, नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभलाई अगाडि बढाउने विषयमा पनि ध्यान केन्द्रित गर्न खोजेको हुन सक्छ ।’

टर्की भ्रमणमा उड्नुअघि परराष्ट्रमन्त्री खड्काले विभिन्न मन्त्रालयका उच्च कर्मचारीलाई डाकेर चिनियाँ विदेशमन्त्रीको भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका छन् । त्यसको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारी लागिसकेका छन् ।

त्यस्तै, सोमबार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री खड्कासँग टेलिफोन संवाद गरी चिनियाँ विदेशमन्त्री वाङको भ्रमण तयारीबारे कुराकानी गरेकी थिइन् । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको साढे दुई वर्षअघि सम्पन्न नेपालको राजकीय भ्रमणमा घोषणा भएको ५६ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग कार्यान्वयनबारे छलफल हुन सक्ने सरकारी अधिकारीले जानकारी दिए ।

२५ असोज २०७६ मा दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा अनुदान सहायता घोषणा गरेका थिए । तर, सो सम्झौता अझै पनि कार्यान्वयनमा आउन सकेको छैन ।- राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार