असार २२, २०८२ आइतबार July 6, 2025

चुनाव लक्षित कार्यक्रम लिएर गाउँ पसे राजनीतिक दल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुम्लाका राजनीतिक दल गाउँमा प्रवेश गर्न थालेका छन् ।  जुम्लामा कांग्रेस, एमाले, माओवादी  केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य साना दलका नेताहरू चुनाव लक्षित कार्यक्रम लिएर गाउँमा छिरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष वीरबहादुर कुँवरले निर्वाचनका कार्यक्रमअघि बढिसकेको बताए । उनका अनुसार ५ चैतदेखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउन थालिएको छ । उनले भने, ‘गाउँमा भेटघाट कार्यक्रमलाई तीव्र पारिएको छ । हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ ।’

माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर एक चरण गाउँसम्म पुगिसकेको जनाएको छ । पहिलो चरणमा आम मतदाताको अवस्था बुझ्ने काम भएको छ । एमसीसीबारे माओवादी केन्द्रको धारणासमेत तल्लो कमिटीसम्म पु¥याउने  काम गरिरहेको छ ।

जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा चुनाव लक्षित कार्यक्रम भइरहेको दलहरुले बताएका छन । एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले पनि औपचारिक रुपमा चुनावी प्रचार अभियानमा गाउँमा प्रवेश गरिसकेको बताए ।

चुनावी अभियानसहित स्थानीय तहमा भेला, गोष्ठी, संगठन विस्तारको अभियान चलाइएको एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव आदिप्रसाद न्यौपानेले जानकारी दिए ।

काग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ अभियानसहित चुनावी तयारीमा जुटेको कांग्रेस उपसभापति कार्मा बुढाले जानकारी दिए ।

सरकारले आउँदाे ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने घाेषणा गरेकाे छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार