असार २२, २०८२ आइतबार July 6, 2025

चुनावी प्रचार अभियानमा गठबन्धन दलहरू एक्लाएक्लै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ गठबन्धन आगामी चुनावसम्म सँगै जाने भने पनि चुनाव प्रचार अभियान भने छुट्टैछुट्टै गरेका छन् । गठनबन्धनमा आवद्ध दलले चुनावमा सँगै जाने भनेर आधिकारीक रुपमा घोषणा नै नगरे पनि सत्ता गठबन्धन आगामी चुनावसम्मको लागि निर्माण भएको हो  ।

गठबन्धनसहित चुनावमा जानेबारे दलहरूले छुट्टाछ्ट्टै छलफल गरेर मात्र गठबन्धनको बैठकबाट निर्णय लिने भनेका छन् । गठबन्धनको प्रमुख तथा ठूलो दल नेपाली कांग्रेसभित्र  चुनाव एक्लै लड्ने वा गठबन्धनसहित जाने भन्नेमा फरक–फरक मत छ । आवश्यक परेपछि पार्टीले निर्णय लिने भन्दै यो विषय अहिलेलाई थाती राखेको छ । गठबन्धनका अन्य दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गठबन्धनलाई चुनावसम्मै निरन्तरता दिन चाहेका छन् । यी दलले आगामी तीन तहको निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका शीर्ष नेता तथा पदाधिकारीले दुईथरी धारणा राख्दै आए पनि पार्टीले निर्णय गरेको छैन । दलहरूले एक्लाएक्लै चुनावी अभियान भने गरिरहेका छन् । गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले २९ फागुनदेखि देशैभर एक महिने चुनाव लक्षित कार्यक्रम सुरु गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घरघर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराको साथ अभियान सुरु गरेको हो । अभियानको लागि  कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ ।

प्रतिनिधिलाई वडा र टोलसम्मै पुगेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरिएको कारणबारे  प्रष्ट्याउनुको साथै संविधान रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्न पार्टीले निर्देशन दिएको छ  ।

माओवादी केन्द्रले पनि पार्टीको सम्पूर्ण शक्ति लगाउने गरी चुनावी प्रचारप्रसार कार्यक्रमको लागि जिल्ला पसेको छ । समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार भन्ने मुल नारासहित माओवादीले चुनावमा भेला, प्रशिक्षण, संगठन विस्तार, सदस्यता वितरणलगायतका अभियान गरिरहेको छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टीको चुनावी अभियान प्रभावकारी ढंगले अघि बढीरहेको बताए । ‘अहिले स्थानीयस्तरमा प्रशिक्षण दिने काम भइरहेको छ । पार्टीले एक्लै चुनाव लक्षित प्रचारप्रसारका कार्यक्रम गरिरहेको छ । अन्य दलसँग गठबन्धन गर्ने निर्णय भयो भने मिलेर प्रचार गरौंला,’ प्रमुख सचेतक गुरुङले न्युज कारखानासँग भने ।

जनता समाजवादी पार्टीले पनि बुधबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ । नेता मनिष सुमनका अनुसार पार्टीका केन्द्रीय सदस्यलले आफूले रोजेका जिल्लामा प्रचारमा खटिएका छन् ।

एकीकृत समाजवादी पनि चुनाव लक्षित कार्यक्रममा केन्द्रित भएको छ । एसले यहि चैतको दोस्रो हप्तादेखि देशैभर अभियानमा निस्किने गरी तयारी भइरहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार