श्रावण ६, २०८२ मंगलबार July 22, 2025

चुनावी चटारोमा अध्यक्ष ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  स्थानीय तह निर्वाचन आउन ५६ दिन बाकी रहदा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ ।

१५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहेका छन् । स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हु“दै छ । यद्यपि, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेरै अघि बढ्ने देखिएकाले ओलीको दल एमालेलाई निर्वाचनमा जित हासिल गर्न निकै कठिन र चुनौती छ ।

दुईपटकसम्म मिर्गौला प्रत्यारोपण गरे पनि ओली ‘स्वस्थ्य व्यक्ति’सरह सक्रिय छन् । जिल्लामा हुने जुनसुकै कार्यक्रममा समेत उनले चुनावी अभियान’bout बोल्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत सिट ल्याउने दाबी गरिरहेको छ । तर, त्यसलाई वास्तविकतामा उतार्न एमालेका लागि फलामको च्युरा खाएसरह हुने बामविश्लेषकको भनाइ छ ।

पछिल्लोपटक गत २ चैतमा काठमाडौंमा भएको संसदीय दल बैठकमा सहभागी आफ्ना सांसदलाई ओलीले ६० देखि ७० प्रतिशतमा जित हासिल गर्नुपर्ने भन्दै सोहीअनुसार परिचालन हुन आफ्ना सांसदलाई निर्देशनसमेत दिए । स्थानीय तहमा एमालेको राम्रो जित हासिल गराउनसक्ने सर्तमा सांसदलाई ‘पुनः टिकट दिने’ आश्वासनसमेत उनले दिएका छन् । – राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार