श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेसका कारण गठबन्धन संकटमा पर्न सक्छ: दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा सत्ता गठबन्धन सँगै रहने/नरहने नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताएका छन। प्रेस सेन्टर नेपालले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले तत्काल एमालेसँग सहकार्यको कुनै योजना नभए पनि कांग्रेसको व्यवहारले आगामी कार्यदिशा निर्धारण गर्ने बताए।

एमालेसँग चुनावी गठबन्धनको सम्भावना कत्तिको छ भन्ने पत्रकारको प्रश्नमा दाहालले भने, ‘तत्काल एमालेसँग सहमतिको सम्भावना देखिँदैन तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन। कांग्रेसले लखेट्न खोज्यो भने के हुन्छ भन्न सकिँदैन।’ उनले कांग्रेसका केही अतिवादी नेताले कुनै हालतमा चुनावी तालमेल हुँदैन भन्ने अभिव्यक्ति दिइरहेका कारण गठबन्धनमा असर पर्न सक्ने विचार व्यक्त गरे।

दाहालले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धन बचाएरै जानुपर्ने पक्षमा रहेकाले एमालेसँग चुनावी तालमेल गर्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे। ‘कांग्रेसका केही नेताले निर्वाचनमा कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवादी ढंगले बोल्न थाल्नुभएको छ तर देउवाजीले त्यसरी नबोल्न भनिसक्नु भएकाले अवस्था त्यतातिर नजाला भन्ने पनि छ,’ दाहालले भने।

चुनावी तालमेल भए पनि स्थानीय आवश्यकताका आधारमा केही स्थानमा मात्रै हुने भन्दै दाहालले आफ्नै अजेन्डा र शक्तिमा निर्वाचन जित्ने गरी लाग्न कार्यकर्तालाइ निर्देशन दिए। पार्टीको सामाजिक, आर्थिक र राजनीतिक अजेन्डासहित उत्साहका साथ निर्वाचनमा होमिनुपर्ने उनको भनाइ थियो। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार