श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पशुमा कृत्रिम गर्भधारणको आकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन रहेको पशुविज्ञको अनुभव छ ।

राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका सूचना अधिकारी डा. जगतबन्धु नेपालीका अनुसार नेपाली भाले पशुमा गर्भधारण गराउने बीर्य उत्पादन गर्न सक्ने क्षमता धेरै रहेकाले यस्तो प्रचलन बढेको हो । बीर्य उत्पादन क्षमता उच्च भएकाले सीमितलाई राखेर बाँकीलाई कृषि तथा अन्य प्रयोजनमा लगाउने गरिएको उहाँको भनाइ छ ।

नेपालीका अनुसार एउटा परिपक्क साँढेले ३५ हजार गाईलाई गर्भधारण गर्न सक्ने बीर्य उत्पादन गर्छ । त्यसलाई नेपालमा अरू जातका गाईमा गर्भधारण गराएर पछिल्लो पुस्ताबाट धेरै उत्पादन लिन सकिने सम्भावना रहेको पनि नेपालीले बताउनुभयो । केन्द्रका अनुसार एउटा राँगोले जीवनकालमा २८ हजार भैँसीलाई गर्भधारण गराउन सक्ने बीर्य उत्पादन गर्न सक्छ तर तीन वर्षदेखि पाँच वर्ष उमेर समूहका राँगोको बीर्य गुणस्तरीय हुने नेपालीले जानकारी दिनुभयो ।

केन्द्रले एउटा साँढे र राँगोबाट साताको दुई पटक बीर्य सङ्कलन गर्दै आएको छ तर प्राकृतिक रूपमा हुने गर्भधारण प्रक्रियामा भने एकै दिनमा एउटै भाले धेरै पटकसम्म सक्रिय हुनसक्ने नेपालीले बताउनुभयो । केन्द्रले उच्च नश्लका राँगो र साँढेको बीर्य सङ्कलन गरेर देशव्यापी रूपमा बीर्य पठाउने गरेको छ । केन्द्रमा हाल आठवटा बोका, १६ वटा राँगो र ३७ वटा साँढेको बीर्य सङ्कलन गरेर त्यसलाई प्रशोधन गर्दै ६९ वटा जिल्लामा वितरण गर्ने गरेको छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार