श्रावण ६, २०८२ मंगलबार July 22, 2025

चुनावी चटारो : प्रधानमन्त्री एकै दिन तीन जिल्लामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएसँगै राजनीतिक दल तथा दलका नेताहरूलाई चुनावी चटोरोले छोपेको छ ।

प्रमु्ख सत्तारुढ दल नेपाली कांग्रेससहितका सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित, राप्रपा, राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायतका दलहरू जिल्ला हुँदै गाउँ केन्द्रित बनेका छन् । केन्द्रीय तहमा रहेका शीर्ष नेतालाईसमेत जिल्ला जान भ्याइनभ्याइ छ ।

गाउँमा कांग्रेस

कांग्रेसले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै २९ फागुनदेखि २९ चैतसम्म सञ्चालन गर्ने गरी एक महिने निर्वाचन विशेष अभियान नै सुरु गरिसकेको छ । कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय कमाण्डर तोकेर ७५३ वटै स्थानीय तहमा खटाएको हो । कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित अभियानलाई ‘घरघर जाऔं कांग्रेस जिताऔं’ नारा दिएको छ ।

माओवादी केन्द्रको सात प्रदेशमा २८ कमान्ड

यसैगरी, माओवादी केन्द्रलेसमेत दुई महिने निर्वाचन अभियान सुरु गरिसकेको छ । माओवादी केन्द्रले दुई महिने चुनावी अभियान घोषणा गर्दै सात प्रदेशमा २८ कमान्ड बनाएको हो ।

माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नारासहित अभियान सुरु गरेको हो । जसअनुसार वैचारिक राजनैतिक कार्यक्रम, संगठन सुदृढीकरण, व्यवस्थापकीय कार्यक्रम, सूचना सञ्चार तथा प्रचारसम्बन्धी कार्यक्रम, अध्ययन सर्वेक्षण तथा विश्लेषणसम्बन्धी कार्यक्रम, राजनीतिक तथा प्रशासनिक समन्वय, सांस्कृतिक कार्यक्रमजस्ता कार्यक्रम माओवादी केन्द्रले तय गरेको हो । हाल माओवादीले प्रदेशगत प्रशिक्षण र बैठक सञ्चालन गर्दै आइरहेको छ ।

नेकपा एसका सातै प्रदेशमा पदाधिकारी

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा पदाधिकारीलाई खटाइसकेको छ । गत बिहीबार बसेको सचिवालय बैठकमार्फत सो दलले स्थानीय तहको निर्वाचन अभियानका लागि प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा स्थायी समिति सदस्य रामचन्द्र झालाई खटाएको हो ।

नेकपा एसले स्थानीय तह निर्वाचनका लागि ‘जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ’ भन्ने नारासहित चुनावी अभियान संचालन गर्न लागेको हो । सातै प्रदेशमा खटिएका टोलीले सबै प्रदेश, पालिका र वडाको ‘रिपोर्टिङ’ लिनेछ ।

जसपा पनि गाउँ केन्द्रित हुँदै

जनता समाजवादी पार्टी नेपाल पनि स्थानीय तह निर्वाचनका लागि तयारीका साथ अघि बढेको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमार्फत जसपाले स्थानीय तहमा प्रभावकारी रूपमा निर्वाचन लक्षित कार्यक्रम लैजाने निर्णय गरिसकेको छ । जसपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हरेक गाउँपालिकामा कम्तीमा एक जना केन्द्रीय सदस्यलाई खटाउने योजना बनाएको हो ।

राप्रपाको देशभर घरदैलो

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनलाई लक्षित गरी देशभर घरदैलो अभियान गर्दै छ । गत बुधबार बसेको पार्टी पदाधिकारी बैठकले २८ चैतबाट ‘जनताको माझमा राप्रपा’ घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो कार्यक्रमका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेतालाई राप्रपाले खटाइसकेको छ ।

संगठन बनाउँदै राप्रपा नेपाल

गत ७ फागुनमा घोषणासभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । राप्रपा नेपालले ७७ वटै जिल्लामा पार्टी संगठन बनाउँदै स्थानीय तह निवाचन अभियानलाई पनिसँगै अघि बढाँउदै छ ।

राप्रपा नेपालले चैत्र मसान्तभित्र ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ ।

प्रधानमन्त्री एकै दिन तीन जिल्लामा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार एकै दिन दोलखा, रामेछाप र काभ्रेपलान्चोकका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन् । उनले कार्यक्रमकै क्रममा सहभागष्ी हुँदै गर्दा आफ्ना पार्टीका नेताकार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन निर्देशनसमेत दिए ।

प्रधानमन्त्री देउवा शनिबार दोलखाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निरीक्षणमा पुगेका थिए । उनले शनिबार नै रामेछापको मन्थली नगरपालिका–१३ को साँखे (फुलासी)स्थित नयाँ खिम्ती (२२०÷१३२ केभी क्षमता) सबस्टेसन पनि उद्घाटन गरे ।
त्यसपछि प्रधानमन्त्री देउवा काभ्रेको तेमाल गाउँपालिकाको प्रसासकीय भवनको उद्घाटन गर्न पुगेका हुन् । सो कार्यक्रममा उनले पार्टीका नेताकार्यकर्तालाई सम्बोधनसमेत गरेका थिए ।

दलका शीर्ष नेताहरूलाई यतिबेला जिल्ला जिल्लामा पार्टीका कार्यक्रममा जान भ्याइनभ्याइ छ । ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै प्रदेशस्तर देखि जिल्ला हुँदै गाउँ स्तरसम्म नेताका दौडधूप बढेको छ ।

ओलीको सरकार गयो, अहंकार गएन : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बिदा भए पनि अहंकार भने कायमै राखेको भन्दै ओलीको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।

एमाले अध्यक्ष ओलीले शनिबार एक कार्यक्रममा कांग्रेसलाई १३ सिटमा झारिदिने अभिव्यक्ति दिएपछि त्यसको प्रतिवाद गर्दै कांग्रेस महामन्त्री शर्माले ओलीलाई बोलीमा ध्यान दिन सुझाएका हुन् ।

‘पूर्वप्रधानमन्त्री तपाईं दलको मात्र होइन, देशको हो, आफ्नो उचाइको गरिमाबाट ओरालो नझर्नोस्, ओलीको सरकार गयो गएन अहंकार अझै,’ शर्माले कीर्तिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा भने ।

शर्माले गत निर्वाचनमा कम्युनिस्ट पार्टीहरू एक भएर निर्वाचनमा आएकाले कांग्रेसले हारेको बताउँदै शर्माले निर्वाचनमा जनताबाट पाएको जनमतलाई एमालेले जोगाउन नसकेको समेत बताए । – राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार