असार २२, २०८२ आइतबार July 6, 2025

गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, माओवादी आफ्नै खुट्टामा उभिन्छ : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताएका छन् । पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ ।

हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनलाई बलियो पार्ने हो ।’ जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए ।

चुनावी तालमेलबारे प्रचण्डले सबैखाले सम्भावना खुला राख्ने बताए । ‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो । त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ,’ उनले भने, ‘तर अहिले एमालेसँग गठबन्धन गर्ने कुरा छैन । यही गठबन्धन कायम रहन्छ ।’

उनले निर्वाचन तोकिएकै मितिमा हुने दावी गरे । ‘हुन त नेपालमा चुनावको बिहान पनि हुन्छ कि हुँदैन भनेर शंका गर्छन् । म भन्छु स्थानीय निर्वाचन बैशाख ३० गते नै हुन्छ,’ उनले भने, ‘यसमा दुविधा पाल्नुपर्ने कुनै कारण छैन । चुनावको तयारीमा लाग्न म आग्रह गर्छु ।’ संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार