असार २३, २०८२ सोमबार July 7, 2025

यस्ता छन् एमालेले तय गरेका स्थानीय तह निर्वाचन उम्मेदवारसम्बन्धी मापदण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एमालेले स्थानीय तह निर्वाचनका लागि बन्ने उम्मेद्वारको मापदण्ड तय गरेको छ । साेमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट बन्ने उम्मेदवारको मापदण्ड तय गरेको हो ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले आजकाे बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको बताए । ‘आजको बैठकमा उम्मेदवार छान्दा अपनाइने मापदण्डका विषयमा छलफल भयो । त्यसमा हामीले विभिन्न आधार अघि सारेका छौं,’ उनले भने ।

पार्टीले अघि सारेको पहिलो मापदण्ड भनेको उम्मेदवारले पार्टीको नीति तथा कार्यक्रमप्रतिको प्रतिबद्धता हुनेछ । त्यस्तै जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेको हकमा भने उनीहरूको कामको मूल्यांकन नै प्रमुख मापदण्ड मानिनेछ ।

त्यस्तै उम्मेदवारको कार्यक्षमता र विकास तथा र सुशासनप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुरालाई पनि हेरिने उपमहासचिवसमेत रहेका प्रमुख गुरूङले बताए । उम्मेदवारको लोकप्रियता र विजयी हुने सुनिश्चितता पनि हेरिने उनको भनाइ छ । पार्टीद्वारा सञ्चालित आन्दोलनहरूमा उसले पुर्‍याएको योगदान र पार्टीप्रति उसको निष्ठा र नेपालको संविधानअनुसार सन्तुलन र समावेशीतालाई पनि मापदण्डमा राखिएको उनले बताए ।

उम्मेदवार सिफारिस प्रक्रिया र विधिका बारेमा समेत छलफल भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्ष र अन्य पदाधिकारीको हकमा वडा कमिटीको सिफारिसको आधारमा पालिका कमिटीले निर्णय गर्नेछ । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको हकमा गाउँपालिका कमिटीको सुझावमा जिल्ला कमिटीले सिफारिस गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने प्रमुख गुरूङले बताए ।

नगरपालिकाको मेयर र उपमेयरको हकमा पनि प्रदेश कमिटीले निर्णय गर्नेछ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर उपमेयरको हकमा प्रदेश कमिटीको सिफारिसको आधारमा केन्द्रीय कमिटीले निर्णय गर्ने प्रमुख गुरूङले बताए । उम्मेदवार सिफारिस गर्दा कम्तीमा एकजना महिलासहित तीनजना लक्षित समूहको सिफारिस गर्नुपर्ने मापदण्ड रहेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार