एमाले अध्यक्ष ओली हेलीकोप्टरबाट हलेसी आउने, हलेसी दर्शन/घुमफिर गर्ने तथा गाडीबाट दिक्तेलको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए ।
एमालेले एक महिने अभियान सञ्चालन गर्ने
आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भलाई लिएर एमाले खोटाङले ‘जन–जनमा एमाले, संमृद्धिका लागि जिताउँछु एमाले’ नामक एक महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ एमालेले जिल्लाका १० वटै पालिकामा एक महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
९ चैतमा केपिलासगढी गाउँपालिकामा, १० चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा, ११ चैतमा हलेसी तुवाचुङ नगरपालिकामा, १२ चैतमा बराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा, १३ चैतमा ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा, १४ चैतमा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा अभियान सञ्चालन गरिने एमाले अध्यक्ष दंगालले जानकारी दिए ।
‘मेरो पार्टी म आफै बनाउँछु, मेरो वडा म जिताउँछु’ कार्यशालापछि सबै कमिटिलाई परिचालन गर्ने र जनतामा पुगेर योजना बनाउने एमालेले जनाएको छ ।
प्रतिक्रिया