श्रावण ६, २०८२ मंगलबार July 22, 2025

निर्यातमा ऐतिहासिक कीर्तिमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मुलुकको निर्यात व्यापारमा यसपालि ऐतिहासिक रेकर्ड नै कायम भएको छ । चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७-७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो । यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको विभागले जनाएको छ । गत आवमा इतिहासमै पहिलोपटक १ खर्बमाथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको विभागले जनाएको छ ।

आठ महिनामा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४ दशमलव ४३ प्रतिशतको वृद्धि भएको छ । निर्यातलाई आन्तरिक उत्पादनले भन्दा पनि आयात भएर पुनः रिप्याकेजिङ गरेर बाहिर पठाउने दुई वस्तुले ऐतिहासिक उचाइमा पु¥याएको हो ।

नेपालको निर्यातमा सबैभन्दा धेरै हिस्सा पाम तेल, सोयाबिन तेल, भटमास तेललगायतको छ । आठ महिनामा तेस्रो देशबाट आयात भएर ८४ अर्ब बराबरको तेल भारत निर्यात भएको छ । यो भनेको कुल निर्यातको ५७ प्रतिशत हो ।

यसैगरी, इन्डोनेसिया, मलेसियालगायत देशबाट ६३ अर्ब बराबरको पाम, भटमास तेलको आयात भएको छ । यी वस्तु तेस्रो देशबाट आयात भएर भारत निकासी हुने गरेको छ । नेपाली व्यावसायीले भन्सार महसुलको फाइदा लिएर धमाधम निर्यात गरिरहेको तथ्यांकले देखाएको छ । तर, यसमा भ्यालु एड भने हुने गरेको छ । निर्यातमा ६३ अर्ब बराबरको भने अन्य वस्तु रहेको छ । निर्यात हुने अन्य वस्तुमा ओभन फेब्रिक जुट रहेको छ । यो अवधिमा ४ अर्ब बराबरको निर्यात भएको छ ।

यस्तै, कार्पेट कार्पेट ३ अर्ब ३९ करोड बराबरको अमेरिका निर्यात भएको छ । यसैगरी, अलंैची भारतीय बजारमा ३ अर्ब २३ करोड मूल्य बराबरको निर्यात भएको छ। अन्य सामग्रीमा धेरैजसो धागोकै उत्पादन रहेका छन् ।

चालू आर्थिक वषको बितेका आठ महिना साउनदेखि फागुनमसान्तसम्ममा झन्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ महिनाको अवधिमा १ खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थको आयात भएको हो ।

विभागको तथ्यांकअनुसार ८७ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ बराबरको डिजेल, ४० अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको एलपी ग्याँस र ३९ अर्ब ८५ करोड ६९ लाख रुपैयाँ बराबरको पेट्रोलको आयात भएको हो ।

यसैगरी, आयातको दोस्रो नम्बरमा सोयाबिन तेलको आयात भएको छ । आठ महिनामा ४३ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बराबरको तेलका लागि आवश्यक कच्चा पदार्थको आयात भएको हो । ३० अर्ब ९९ करोड बढीको पाम तेल, २८ अर्ब १७ करोड बढीको सुन, ३३ अर्ब ७६ करोड बढीको मोबाइल फोन आयात भएको छ ।

आयातको दोस्रो नम्बरमा रहेको सोयाबिन तेलको निर्यात पहिलो नम्बरमा रहेको छ । आठ महिनाको अवधिमा नेपालले १ खर्ब ७१ अर्ब ६६ करोड १८ लाख रुपैयाँ बढीको सोयाबिन तेलको निर्यात गरेको छ ।

नेपालका तेल उद्योगीले विभिन्न देशबाट तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थका आयात गरेर नेपालमा प्रशोधन गरी पुनः तेस्रो देशमा निर्यात गर्ने गरेका छन् ।

साढे ११ खर्बको व्यापार घाटा

भन्सार विभागका अनुसार निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको हो । चालू आवको बितेका आठ महिनामा साढे ११ खर्ब रुपैयाँ बढीको आयात हुँदा ३४ दशमलब ५० प्रतिशतले व्यापार घाटा बढेको छ ।

चालू आवको बितेका आठ महिनामा नेपालको ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोरेको छ । गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो ।

यस्तैगरी, चालू आवको ८ महिनामै नेपालको वैदेशिक व्यापार ४२ दशमलब १३ प्रतिशतले बढेको छ । यस अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको पुगेको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार