असार २२, २०८२ आइतबार July 6, 2025

उत्पीडिनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा विभेद र उत्पीडनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली जनतालाई हरेक समस्याबाट निकास दिन जसपा पार्टी नै रहेको दाबी गर्नुभयो ।

देशमा विकास तथा सुशासन कायम गर्न र राज्यमा रहेको सबैखाले विभेदको अन्त्यका लागि तिनै तहको सरकारको नेतृत्व जसपाले लिनुपर्ने उहाँले बताउनुभयो । देशमा विद्यमान अवस्थामा रहेको बेरोजगारी, प्रतिनिधित्व र नागरिकता लगायत समस्या समाधानको अभिभारा जनता समाजवादी पार्टीको काँधमा आएको बताउँदै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट पार्टी जनताको समस्यालाई समाधान गर्ने दिशामा असफल सावित भइसकेको बताउनुभयो ।

उहाँले मुलुकमा मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित, महिलालगायतका समुदायलाई शासन र प्रशासनमा सम्मानजनक प्रतिनिधित्व गराउँदै बेरोजगारी र नागरिकताको समस्या समाधान हुनुपर्ने जोड दिनुभयो ।

अध्यक्ष यादवले अगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई उपयोग गरी अगाडि बढ्नुपर्ने भन्दै जिल्लाका नेताहरूको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आएको बताउनुभयो । साथै स्थानीय तहको निर्वाचनमा जिल्लाका नेताका योग्यता र क्षमता प्रष्टफुटित हुने उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार