श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्थानिय निर्वाचनः ७७ वटै जिल्लामा फरक फरक मतपत्रको डिजाईन तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो ।

आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार पारिएको छ । ‘आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइन तयार पारेको छ, ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार भएको हो, मतपत्रको आकार १७ देखि ५० लहरसम्मको हुनेछ,’ आयोग उच्च स्रोतले राजधानीसँग भन्यो ।

आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन तयार गरेको हो । राष्ट्रिय मान्यता प्राप्त दलबाहेक जिल्लागत विवरण आयोगमा बुझाएका अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेत चिह्न दिनेगरी ७७ वटै जिल्लाका लागि फरक फरक मतपत्र डिजाइन भएको हो । ‘मतपत्रमा निर्वाचन चिह्नलाई चार खण्डमा राखिनेछ, राष्ट्रिय स्तरका दलका मतपत्र एक खण्डमा, जिल्लामा रहेका दलका र स्वतन्त्र उम्मेदवारका चिह्न फरक फरक खण्डमा रहनेछन्,’ आयोग स्रोतले भन्यो ।

राष्ट्रिय मान्यता प्राप्त दलका निर्वाचन चिह्न भने ७७ जिल्लाका ७ सय ५३ वटै पालिकामा पु¥याइने मतपत्रमा रहनेछन् । दोस्रो खण्डमा २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ भाग लिएका र अहिलेको निर्वाचनमा दलदर्ता गरेकाको निर्वाचन चिह्न रहनेछन् । यसैगरी तेस्रो खण्डमा २०७४ सालको निर्वाचनपछि दल दर्ता भई यो निर्वाचनमा भाग लिन दर्ता भएका दल र स्वतन्त्र निर्वाचन चिह्न रहेकाको चिह्न रहनेछ ।

आयोगले जिल्लामा रहेका दलको जिल्लागत विवरण माग गरेर ७७ वटै जिल्लामा रहेको संरचनाको विषयमा छानबिन गरी निर्णय गरेको हो । जिल्लामा संरचना नभएका तर दलका रूपमा दर्ता भएका पार्टी र स्वतन्त्र उम्मेदवारलाई अन्य निर्वाचन चिह्न दिनेगरी मतपत्रको डिजाइन तयार गरिएको जनाएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर गरी तीन जिल्ला र विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाका हकमा १७ वैशाखमा उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि तय हुने उम्मेदवारका आधारमा जिल्लागत मतपत्र छाप्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिने तयारी गरिरहेको छ । बक्स ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृत तोकियो निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले शनिबार बसेको बैठकमार्फत देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले तोकेका निर्वाचन अधिकृत अब स्थानीय तहको निर्वाचनमा खटिनेछन् । राजधानी दैनिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार