श्रावण ६, २०८२ मंगलबार July 22, 2025

हवाई रुटमा मनपरी प्याराग्लाइडिङले जोखिम बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत फागुन २६ गते नेपालगन्जबाट पोखरा आउँदै गरेको बुद्ध एयरको जहाजका चालकले दिउँसो २ बजेर २५ मिनेटमा पुम्दीकोटस्थित महादेव मन्दिरको आकाशमा प्याराग्लाइडिड देखे।

पोखरा विमानस्थलमा अवतरणको तयारीमा रहेको उक्त जहाजले आफ्नो रुटजिक एकाएक प्याराग्लाइडिङ देखेपछि विमानस्थल टावरमा जानकारी गरायो।

त्यसको दुई दिनअघि पनि पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाजका चालकले पोखराबाट १२ नटिकल माइल ९२२।२ किलोमिटर पर सात हजार फिटको उचाइमा प्याराग्लाइडिङ उडेको भन्दै विमानस्थल टावरलाई जानकारी गराएका थिए।

फागुन १५ मा पनि पर्यटकीय गाउँ सिक्लेस-कोरी पदमार्गलाई घलेखर्कसँग जोड्ने तारा हिलटपाजक दुईवटा प्याराग्लाइडिङ उडेको भन्दै एक हेलिकोप्टरका चालकले टावरलाई जानकारी गराएका थिए ।

त्यसको एक दिनअघि फागुन १४ मा पनि प्रभुको हेलिकोप्टर चालकले सराङकोटको बक्सबाहिर सात हजार फिट उचाइमा ५-६ वटा प्याराग्लाइडिङ उडेको जानकारी विमानस्थल टावरलाई गराएका थिए।

पोखरामा सराङकोटको आकाशमा मात्र उडान अनुमति पाएका प्याराग्लाइडिङ तोकिएको क्षेत्रबाहिर गएर उड्ने गरेका यी केही उदाहरण हुन् । कोरोना संक्रमण कम भएको मौका पारेर आएका केही विदेशी चालकले अहिले पोखरा क्षेत्रमा मनपरी तरिकाले प्याराग्लाइडिङ उडाइरहेको विमानस्थलको विवरणले देखाउँछ।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार