श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लोसपा पनि सरकार र गठबन्धनमा सहभागी हुने निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ । सरकारमा सहभागी भएपछि स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा सहभागी हुने विषयमा पनि छलफल भइरहेको छ ।

यो विषयमा सो पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग घनिभूत छलफलमा छन् । सो छलफललाई केही दिनभित्रै सार्थक रूप दिन उनीहरू सकारात्मक रहेको स्रोतको दाबी छ ।

सरकार र पाँच दलीय गठबन्धनमा सहभागिता तथा ३० वैशाखमा हुने निर्वाचनका विषयमा छलफल गर्न लोसपाले भोलि बुधबार पार्टीको कार्यकारिणी समिति बैठक बोलाएको छ । लोसपा नेता सञ्जय यादवका अनुसार बैठकमा निर्वाचनसहित विभिन्न विषयमा छलफल हुनेछ । प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर फर्केलगत्तै यो विषयलाई किनारा लगाउने विषयमा छलफल अगाडि बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री देउवा १८ चैतमा भारत जाने र २० चैतमा स्वदेश फर्कने कार्यक्रम तय भइसकेको छ । उता, कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा निरन्तरता दिने कि नदिने भन्ने विषयमा बहस जारी नै छ ।

जसपा स्रोतका अनुसार प्रधानमन्त्री देउवा र जसपा नेताबीच सहमति भएपछि आगामी निर्वाचनमा गठबन्धन गर्ने र पार्टीका तर्फबाट तीन नेता संघीय सरकारमा मन्त्री हुनेछन् । शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्दा चौधरी र एकबाल मियाँमध्येबाट मन्त्री चयन गर्ने विषयमा सो पार्टीभित्र छलफल भइरहेको छ ।

यसका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका एक÷एक मन्त्रीलाई फिर्ता बोलाउने योजनामा प्रधानमन्त्री देउवा रहेका छन् । लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा देउवा र ठाकुरबीच स्थानीय तहमा चुनावी तालमेल गर्ने’बारे अजेन्डाले प्रवेश पाएको हो । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार