श्रावण ६, २०८२ मंगलबार July 22, 2025

तीन हजार मतदानस्थल अतिसंवेदनशील

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः स्थानीय तह निर्वाचनमा शान्तिसुरक्षा व्यवस्थापनको दृष्टिकोणले दुुई हजार ९४५ वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखिएको छ । त्यस्ता मतदानस्थलको शान्ति सुरक्षा व्यवस्थापनका लागि तीन किसिमको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने भएको छ । यसअधि गृह मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना’ कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कार्ययोजना कार्यान्वयन तथा पूर्वतयारीका लागि जिल्लामा परिपत्र गरिएको र सोहीअनुसार सुरक्षा योजना बनेको जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनअन्तर्गत मतपत्र छपाइको सुरक्षा, दुर्गम स्थानमा मतपत्र तथा मतपेटिका पु¥याउने र मतदानपछि गणनास्थलसम्म ल्याउने जिम्मा नेपाली सेनालाई तोकिएको छ । निर्वाचनको ३० दिनअघिदेखि निर्वाचनस्थलको ‘पट्रोलिङ’ गस्तीसमेत नेपाली सेनाले गर्नेछ ।निर्वाचनस्थलमा सेनाको बम डिस्पोजल टोली र मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दूूरीमा सेनाका फौज तैनाथ गरिनेछ । मतदानको समयमा बाहिरी सुरक्षा घेरामा सेना परिचालित हुनेछ । सेनाले आवश्यकताअनुसार हवाई गस्ती पनि गर्नेछ ।

२०७९ वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा आवश्यक मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ । त्यसको सुरक्षाको जिम्मासमेत सेनालाई तोकिएको छ ।मुलुकको ७७ वटै जिल्ला प्रशासन कार्यालयले अन्तर्राष्ट्रिय सीमा नाका, अराजक समूह, प्रमुख राजनीतिक दलबीच कडा प्रतिस्पर्धा, कार्यकर्ताबीच हुन सक्ने मुठभेड र विगतको निर्वाचन सुरक्षा अवस्थाको समीक्षा तथा मूल्याङ्कन गरी अतिसंवेदनशील क्षेत्रको सूची तयार पारिएको हो ।

गृह मन्त्रालयका अनुसार, १० हजार ७५६ वटा मतदानस्थल राखिएका छन् । तीमध्ये दुई हजार ९४५ अतिसंवेदनशील, चार हजार ४२० संवेदनशील र तीन हजार ३९१ सामान्य छन् । विशेष गरी सीमा नाका जोडिएका जिल्लाको दक्षिण क्षेत्रका मतदानस्थल अतिसंवेदनशीलको सूचीमा छन् ।

एउटा मतदानस्थलभित्र एकदेखि तीनवटासम्म मतदान केन्द्र रहनेछन् । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार, २१ हजार ९५५ भन्दा बढी मतदानस्थल रहेका छन् । सुरक्षा संवेदनशीलताको आधारमा मतदानस्थलमा सुरक्षा व्यवस्था मिलाइएको छ । अतिसंवेदनशीलमा वरिष्ठ प्रहरी नायब निरीक्षक र प्रहरी नायब निरीक्षकको कमान्डमा पाँच प्रहरी र आठ म्यादी गरी १३ र संवेदनशीलमा चार प्रहरी र छ म्यादी गरी १० जना सुरक्षाकर्मी खटाइएको छ । त्यस्तै सामान्य मतदानस्थलमा प्रहरी सहायक निरीक्षकको कमान्डमा तीन प्रहरी र पाँच जना म्यादी गरी आठ जना सुरक्षाकर्मी खटाइने निर्णय भएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार