श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रधानमन्त्रीको भ्रमण आशंका चिर्दै सम्बन्ध सुधार्ने अवसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री शेरबहादुर देउवा यही बिहीबार तीनदिने भारत भ्रमणमा जान लागेका छन्। गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि हुन लागेको यो उनको पाहिलो भारत भ्रमण हो।

नेपाल र भारतबीच सीमा विवादका कारण उत्पन्न असमझदारी, विशेष गरी पश्चिमी भूभाग कालापानी क्षेत्रमा भारतको दाबी र ती भूभागलाई समेटेर नेपालले नक्सा सार्वजनिक गरेसँगै दुई देशबीचको असमझदारी अझ बढेको थियो।

विवाद बढ्दै जाँदा भारतीय सेना प्रमुखले नेपाल अरूकै इसारामा चलेको आरोपसमेत लगाउन भ्याएका थिए। सीमा विवादका बारेमा छलफलका लागि नेपालका तर्फबाट पटकपटक गरिएका पहल र प्रयासलाई भारतीय पक्षले बेवास्ता गर्दै आइरहेको अवस्थामा लामो अन्तरालपछि नेपालका तर्फबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो।

यो भ्रमण भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्दै नेपाल र भारतबीच थाती रहेका विषयलाई अघि बढाउने अवसर पनि भएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्। ‘यो भ्रमणले भारतसँग विश्वासको वातावरण र समझदारी बनाउन भूमिका खेल्नुपर्छ। त्यसका लागि नेपालले मात्र नभएर भारतका तर्फबाट पनि पहल हुनुपर्छ,’ कूटनीतिक मामिलाका जानकार डा. दिनेश भट्टराईले भने, ‘हाम्रो तर्फबाट पहल भइ नै रहेको छ। ठूलो छिमेकीका नाताले भारतले पनि यसतर्फ चासो दिन आवश्यक छ।’

भट्टराई भ्रमण लामो समयदेखि थाती रहेका विषयलाई अघि बढाउन अवसर पनि भएको बताउँछन्। ‘इपिजी, सीमा विवाद, लामो समयदेखि रोकिएको पञ्चेश्वर परियोजना र सीमा क्षेत्रमा हुने डुबान तथा खुला सीमाका कारण नेपालले भोग्नुपरेको समस्यालगायतका विषयमा छलफल गर्न यो भ्रमण एउटा अवसर पनि हो,’ उनले भने। यस्ता कुरामा भारतीय पक्षले पहल गर्दा कुरा अघि बढाउन सजिलो हुने उनको तर्क छ।-नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार