श्रावण ६, २०८२ मंगलबार July 22, 2025

चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न लोसपा कार्यकारिणी समिति बैठकले स्थानीय कमिटीलाई आगामी निर्वाचनमा गठबन्धन गर्न अधिकार दिएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचन विषयमा छलफल गर्न बसेको बैठकले स्थानीय कमिटीलाई नै ‘जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग’ चुनावी गठबन्धन गर्न अधिकार दिएको छ ।

लोसपा कार्यकारिणी समितिका सदस्य सञ्जय यादवले आगामी निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको बताए । ‘स्थानीय कमिटीले जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग चुनावी गठन गरेर जाने अधिकार कार्यकारिणी समितिले दिएको छ,’ यादवले भने ।

लोसपा कार्यकारिणी समितिका सदस्य उमाशंकर अरगरियाले केन्द्रबाट गठबन्धन नहुने बताए । स्थानीय कमिटीले अनुकूल हुने दलसँग चुनावी गठबन्धन गर्न सक्ने अधिकार कार्यकारिणी समितिले दिएको उनले बताए ।

‘केन्द्रमा चुनावी गठबन्धनका लागि कुराकानी चलिरहेको छ तर अहिलेसम्म टुंगो लागेको छैन, केन्द्रका लागि पर्खिनुभन्दा स्थानीय तहमै चुनावी तालमेलका लागि जिम्मेवारी दिँदा उपयुक्त हुने भनेर त्यसरी स्थानीय कमिटीलाई अधिकार दिइएको हो,’ अरगरियाले भने ।

चुनावी गठबन्धन, सरकारमा सहभागी हुने विषयमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भएको बताउँदै उनले मधेसको मुद्दा सम्बोधन नगरेसम्म लोसपा सरकारमा सहभागी नहुने बताए । यद्यपि, मधेसको माग पूरा गराउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको उनले बताए । प्रधानमन्त्री देउवा भारतबाट फर्केपछि सो विषयमा पुनः छलफल हुने उनले बताए ।

लोसपा स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्केपछि गठबन्धनको विषयमा थप कुरा अगाडि बढ्नेछ । शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किंदै छन् ।

प्रधानमन्त्रीले दुई मन्त्रालय दिएर सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् । तर, लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले तीन मन्त्रालय पाउनुपर्ने अडानमा छन् । मधेसको माग सम्बोधन गर्दै सरकारमा सहभागी गराएर पाँच दलीय गठबन्धनमा लोसपालाई सहभागी गराउने रणनीतिमा प्रधानमन्त्री रहेका छन् ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार