श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आजदेखि रेल सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको छ ।

करिब डेढ वर्षअघि भारतबाट झन्डै १ अर्ब खर्चिएर ल्याइएको रेल सञ्चालनका लागि आज साइत जुरेको हो । अघिल्लो सरकारले नै रेल सञ्चालनका लागि विभिन्न समयमा मिति तय गर्दै आए पनि कानुनदेखि जनशक्ति र भौतिक पूर्वाधारको अभावमा सञ्चालनमा आउन सकेको थिएन ।

प्रधानमन्त्री देउवा तीनदिने भारत भ्रमणमा रहेको मौकामा आज उनी समकक्षी मोदीले संयुक्त रूपमा रेल सेवाका उद्घाटन गर्न लागेका हुन् । रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले रेल उदघाटनका लागि सबै तयारी पूरा भएको बताएका छन् । रेलको उद्घाटनसँगै सञ्चालनमा आउने उनले बताएका छन् । आज हैदरावाद हाउसबाट भर्चुअल माध्यमबाट हुने उद्घाटन जनकपुरमा ठूलो स्क्रिन जडान गरेर हेरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले शुक्रबार जनकपुरधाम रेल्वे स्टेसनको अनुगमन गरेकी छन् । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुईपटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुने महाप्रबन्धक झाले बताएका छन् ।

रेलको उद्घाटनपछि जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा १ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । इनरुवासम्मका लागि भने सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३ सय रुपैयाँ तथा जयनगरका लागि सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३ सय ५० रुपैयाँ भाडा दर तोकिएको जनाइएको छ ।

दुई देशीय यात्रा भएका कारण दुवै देशका नागरिकलाई रेल चढ्न पहिचान खुल्ने प्रमाणपत्र बोक्नुपर्ने जनाइएको छ । नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र, पासपोर्ट या मतदाता परिचयपत्र अनिवार्य बोक्नुपर्नेछ । भारतीय नागरिकले पनि पहिचान खुल्ने परिचयपत्र बोक्नुपर्ने जनाइएको छ ।

यसअघि, रेल सञ्चालनका लागि १ फागुनदेखि नै ड्राई रन सुरु गरिएको थियो । सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानुन अभावमा उद्घाटनको काम ढिलाइ हुन पुगेको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गरेका कारण विधेयक प्रक्रिया पनि अघि बढ्न सकेन । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले पुनः अध्यादेश ल्याएपछि अब भने रेल सञ्चालनका लागि कानुनी बाटो खुलेको हो ।

१६ महिनाअघि रेलका दुईवटा सेट ३ असोज २०७७ मा भारतबाट ल्याइएको थियो । रेलको ड्राई रन सुरु गर्नुअघि धनुषाको इनरुवास्थित रेल्वे स्टेसनमा एक वर्ष बढी समय पालले छोपेर रेल राखिँदै आएको थियो ।

भारतीय रेल्वे कम्पनीसँग एक वर्षको वारेन्टीमा खरिद गरिएको रेलको वारेन्टीसमेत समाप्त भइसकेको छ । तत्कालीन सरकारले कानुन, भौतिक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन तथा तयारी नै नगरी हतारमा रेल ल्याउँदा लामो समय सञ्चालनबिनै थन्किन पुगेको थियो ।

सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गर्न लागिएको हो । यो रेलमार्गमा २०७५ पुसमै रेल सञ्चालन गर्ने घोषणा सरकारले गरेको थियो । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार