श्रावण ७, २०८२ बुधबार July 23, 2025

छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । ओस्ला नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगीता यही २६ चैतमा  मध्यपुर थिमी–४ बालकुमारी प्राङ्गणमा हुने प्रतियोगिताका संयोजक सुशील जोशीले जानकारी दिए ।

प्रतियोगितामा उपत्यकाका करिव तीन दर्जन धिमे खलः वा पुचः सहभागी हुने आयोजक ओस्ला नेपालका उपाध्यक्ष एवम् धिमे बाजा प्रतियोगिताका संयोजक जोशीले जानकारी दिए ।

एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागिता हुनेछ । एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यबाधकको सहभागिता हुनेछ ।

प्रतियोगिताको विजयी टोलीमध्ये प्रथम हुनेलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने ओस्लाका सचिव रोशन बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितालाई सफल बनाउन अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको र मूल समिति अन्तर्गत सुशील जोशीको संयोजकत्वमा कार्यक्रम समिति, प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्राथमिक उपचार तथा स्वयम्सेवक उपसमिति गठन गरिएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा ओस्ला नेपालका पुर्व अध्यक्षले नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माणसँगै मध्यपुर थिमि नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउनका लागि विभिन्न सम्पदाहरु निर्माण गर्दै विभिन्न कार्यक्रम आयोजना अघि बढाएको बताए । उनले पर्यटकीय गन्तव्य बनाउन नगरपालिकामा विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार